काठमाडाैं – संसद सचिवालयमा महाभियाेग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्याएर आफूलाई हटाउन भनेका छन् ।
सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेसँगै गाडीकाे झन्डा* हटाएर निवास फर्किएका उनले निकटस्थसँग कुरा गर्दै भने, ‘दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्याउन् ।’
संसदबाट महाभियाेग पारित गर्न दुई तिहाइ चाहिने भए पनि सत्ता गठबन्धनसँग त्याे सिट छैन । प्रमुख प्रतिपक्षी एमालेबिना महाभियाेग पारित हुँदैन ।
एमालेकाे आइतबारकाे सचिवालय बैठकले महाभियाेग प्रस्तावविरुद्ध प्रतिवाद गर्ने प्रारम्भिक टिप्पणी गरेकाे थियाे । एमाले संसदीय दलकाे बैठक आज बस्दैछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३