काठमाडौं – भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख समान्त गोयलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् ।
समान्त भेट्न ज्ञानेन्द्र लैनचौरस्थित भारतीय दूतावासको पछाडि वीरेन्द्र प्रहरी अस्पताल छेवैमा रहेको ‘सकारात्मक सोचका प्रवर्तक’ दाबी गर्ने विवादित पर्यटन व्यवसायी कर्णको शाक्य निवासमा भेटेका हुन् । ज्ञानेन्द्र राति ११ बजे आफैंले कार हाँकेर समान्त भेट्न शाक्य निवास पुगेका थिए । यद्यपि भेटलाई अहिलेसम्म गोप्य राखिएको छ । स्रोतका अनुसार ज्ञानेन्द्रले राजनीतिक दलहरुसँग जनता निराश बनेको र त्यसको विकल्प आफू भएको दाबी गरेका थिए ।
उनले राजतन्त्र पुनस्र्थापनाका लागि सहयोग गर्न र त्यसपछि आफू भारतीय चाहनामा काम गर्न तयार रहेको प्रतिबद्धता समान्तसमक्ष गरेका थिए । पहिला भारतलाई चिढ्याएर आफूबाट गल्ती भएको र आगामी दिनमा त्यस्तो नगर्ने पनि उनले बताएका थिए । गोयलले नेपालबाट धर्मनिरपेक्षता र संघीयता छिट्टै खारेज हुने र त्यसपछिको एजेण्डा राजतन्त्र भएको भारतीय संस्थापनको सन्देश ज्ञानेन्द्रलाई सुनाएका थिए । एकैपटक सबै एजेण्डाबाट व्याक हुन खोज्दा जनताले समर्थन नगर्ने भएकाले भारतीय चाहना पहिला नेपाललाई हिन्दू राज्य कायम गर्ने संघीयता खारेजी गर्ने रहेको बताए । ‘राजतन्त्र रेलको अन्तिम डिब्बा हो’, गोलयको भनाइ उद्धृत गदै्र्र स्रोतले भन्यो, ‘अगाडिको डिब्बाका रुपमा रहेका धर्मनिरपेक्षता र संघीयता गएपछि पछाडिको डिब्बा (राजतन्त्र) स्वतः अगाडि आउँछ ।’
गोयलले त्यसअघि प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी काँग्रेस नेता शेबरहादुर देउवालाई छुट्टाछुट्टै भेटेका थिए । ती सबै भेटबारे नेताहरुले केही बोलेका छैनन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७