वीरगंज – सशस्त्र प्रहरी बल बिओपी अमरपर्टी नाकावाट लत्ताकपडा , हाडयेवर , भैसी , जुत्ता चप्पल , कब्बाड र चल्लाको तस्करी व्यापक रुपमा हुँदै आएको छ।
पर्सा प्रहरीले तस्करीमा कडाई गरेपनि सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीको चेक प्वाइन्ट २ किलोमिटर दुरीमा ठाऊ ठाऊ भएपनि अहिले सो नाकावाट रातभरि तस्करी भईरहेको स्थानीयहरुले बताएका छन्।
त्यसै गरि उक्त नाकावाट भैसीहरु भित्रियाई खेतको आली भई नेपाल ल्याउने गरेको भैसीहरुले हिडेको कारणले गर्दा किसानहरुले लगाएको गेहुको बाली, तरकारीहरुमा क्षति पुर्याउने गरेको एक किसानले बताएका छन्।
केही दिन पहिला सशस्त्र प्रहरीका नायब निरीक्षक ईन्द्रनारायण चौधरी अमरपर्टी बिओपीका प्रमुख भएको भेला तस्करी भईरहेको फेला परेपछि उनलाई बाहिनी तानेर कारवाहीमा परेका थिए।
सशस्त्र प्रहरी सङ्गठनको नियम अनुसार एउटै बिओपीमा दुईचोटी बस्न मिल्दैन तर नियम बिपरित सशस्त्र प्रहरी नायब निरीक्षक ईन्द्रनारायण चौधरी शक्तिको बलमा पुन: दोस्रो पटक अमरपर्टी नाकाको प्रमुखको जिम्मेवारी पाएका थिए। उनको दोस्रो कार्यकालमा पनि ठुलो मात्रामा तस्करीको लाईन खुल्ला गराएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
सशस्त्र प्रहरी नायब निरीक्षक चौधरीले कपडा , जुत्ता चप्पल , पेस्टको काम गर्ने जलेशवर भन्ने तस्करवाट एसपीको नाममा समेत रकम असुली गरि ठुलो मात्रामा तस्करीको लाईन दिएको स्रोतले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७