काठमाडौं – सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा बिहीबार बेलुकी ५ बजे बस्ने बैठकले निक्र्र्याेल गर्ने नेताहरूले बताएका छन् ।
गठबन्धनआवद्ध दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीचको छलफलपछि शीर्ष नेताहरूले बिहीबार बेलुकी ५ बजे बस्ने गठबन्धनको बैठकले आफ्नो भविष्य निर्धारण गर्ने बताएका हुन् ।
माधवकुमारसँगको भेटपछि प्रचण्डले ५ बजे बस्ने बैठकले गठबन्धन रहने वा नरहने निक्र्याेल हुने बताएका हुन् । ‘गठबन्धननको भविष्य आज ५ बजे बस्ने बैठकले तय गर्छ,’ उनले भने ।
आफूहरू गठबन्धन जोगाउन पक्षमा रहेका बताएका प्रचण्डले सोहीअनुसार बैठकमा प्रस्तुत हुने बताए । एमसीसीलगायतका विषयमा साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको उनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३