ललितपुर – नेकपा (एकीकृत समाजवादी) ललितपुर जिल्ला कमिटिले एमसीसी खारेजीका लागि दबाबमूलक अन्तर्सम्बाद कार्यक्रम सम्पन्न गरेको छ ।
एमसीसी संसदमा टेबल गर्न दिनै नहुने, यदी टेबल भइहालेमा नेकपा (एस) ले त्यसको विरुद्धमा मत दिनु पर्ने नेकपा (एस) का ललितपुर अध्यक्ष हरीकृष्ण थापाले बताए । राष्ट्र भन्दा माथी कोही पनि नहुने भएकाले कुनै पनि बहानामा राष्ट्रघाती एससीसी पास गरिनु नहुने उनको सुझाव थियो ।
कार्यक्रममा बोल्दै नेकपा एसका केन्द्रिय सदस्य अमृत नाथ तिमल्सिनाले एमसीसी जबरजस्ती संसदमा टेबल गर्न खोज्ने जो कोहीलाई पनि युवाले भौतिक कार्वाही गर्न समेत पछि हट्न नहुने भन्दै आक्रोस व्यक्त गरे । तिमल्सिनाले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई अध्ययनका लागि समेत उपलब्ध नगराइएको एमसीसी सम्झौताको सक्कल अन्यले अध्ययन गर्न पाउने बारेमा पनि शंका व्यक्त गरे । एमसीसी पास गर्ने खेलमा आफ्नै पार्टीका नेता लागे पनि बिद्रोह गर्न पछि नहट्ने उनले चेतावनी दिए ।
देश समाजवादमा जानु पर्ने मोडमा आइपुग्दा विकाशका नाममा सन्धी सम्झौताहरु लादेर नेपाललाई पुँजीवाद कै दलदलमा फसाइराख्ने उद्देश्यसहित एमसीसी ल्याइएको पोलिटव्युरो सदस्य प्रेमल खनालले बताए । यस्ता सन्धी सम्झौताले नेपालको प्राकृतिक स्रोत साधनको दोहन गर्ने पनि उनको भनाइ थियो ।
हालको अवस्थामा नेकपा एकीकृत समाजवादी एमसीसी हुबहु पास गर्ने पक्षमा नरहेको उपाध्यक्ष प्रमेश हमालले बताए । सन् २०१७ मा हस्ताक्षर गरिएको सम्झौतालाई कार्यान्वयन गर्न भन्दै सन् २०१५ देखि नेपालमा कार्यालय स्थापना गरेर अमेरिकाले रणनीतिक काम गरेको हमालले बताए । उनले एमसीसीका विभिन्न प्राविधिक पक्ष तथा तृटीका बारेमा प्रकाश पारेका थिए ।
नेकपा (एस) का उपाध्यक्ष प्रमेश हमालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेश साम्सद माधव पौडेल, पोलिटव्युरो सदस्य प्रेमल खनाल, केन्द्रिय कमिटि सदस्य अमृत नाथ तिमल्सिना, ललितपुर सहइन्चार्ज श्यामकृष्ण सिलवाललगायतको उपस्थिती रहेको थियो ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३