काठमाडौँ – प्रमुख प्रतिपक्षी एमालेले सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा उभिए मात्र अमेरिकी सहायताको एमसिसी परियोजना अनुमोदन गर्न सरकारलाई सघाउने अडान लिएको छ ।
काँग्रेसका दोश्रो तहका नेतासँग शनिबार आफ्नै निवास बालकोटमा भएको छलफलमा एमाले अध्यक्ष केपी ओलीले माओवादी र समाजवादीले विरोधमा मत दिए मात्र एमसिसीमा सघाउने जवाफ दिएका हुन् । राष्ट्रिय सहमतिका साथ एमसिसी परियोजना अनुमोदनको प्रस्ताव लिएर काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत ओलीनिवास पुगेका थिए ।
कार्कीले राष्ट्रिय सहमतिका साथ एमसिसी अनुमोदनका लागि प्रस्ताव राखेको तर, एमालेले पूर्ववत अडान दोहो-याएको बताए । ‘हामीले प्रतिनिधिसभाको अवरोध हटाउन आग्रह ग-यौं’, कार्कीले भने, ‘उहाँहरु पूरानै अडानमा रहनुभयो, तपाईंहरुलाई नयाँ र सकारात्मक कुरा सुनाउँला भन्ने लागेको थियो । त्यस्तो हुन सकेन ।’
एमाले महासचिव इैश्वर पोखरेलले आफूहरुले विगत ५/६ महिनादेखि अघि सार्दै आएको मागबारे कुरा राखेको बताए । आफूहरुका माग सम्बोधन नभएसम्म संसदको अवरोध नखोल्ने जवाफ दिएको उनको भनाइ थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३