काठमाडौं – इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढेका मूल्यसूची पठाएको छ ।
आईओसीले पठाएको मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर ३.८९, डिजेलमा ३.०८, मट्टितेलमा १०.३० र हवाई इन्धनमा ३.३२ रुपैयाँले बढेको नेपाल आयल निगमले जनाएको छ ।
अहिलेको स्थितिमा पेट्रोलमा २० रुपैयाँ ५२ पैसा, डिजेलमा १६ रुपैयाँ ८ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा रहेको छ ।
नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब ३ अर्ब ९ करोड घाटा हुने स्थिति देखिएको पनि निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को अहिलेसम्म निगमले करिव २८ अर्ब नोक्सानी व्यहोरिसकेको छ ।
रुस र युक्रेनबीच युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । एकपटक ४० डलर प्रतिब्यारेलमा आउने तेल अहिले १ सय डलर प्रतिब्यारेलको हाराहारीमा पुगिसकेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३