काठमाडौं – लगातार बढेर उकालो लागेको डलरको भाउ आज घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ २० पैसा र विक्रीदर १२२ रुपैयाँ ८० पैसा तोकेको छ । हिजोको तुलनामा आज डलरको खदिरदर र विक्रीदर नै घटेको हो । हिजो अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ ७६ पैसा र विक्रीदर १२३ रुपैयाँ ३६ पैसा थियो ।
मंगलबार भने अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च थियो । उक्त दिन अमेरिकन डलर १ को खरिददर १२२ रुपैयाँ ८४ पैसा र विक्रीदर १२३ रुपैयाँ ४४ पैसा कायम भएको थियो ।
त्यस्तै आज युरोपियन युरो आज १ को खरिददर १३४ रुपैयाँ २२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८८ पैसा छ ।
युके पाउन्ड स्टलिङ १ को खरिददर १६० रुपैयाँ ९३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७२ पैसा कायम भएको छ । त्यसैगरी जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५५ पैसा र बिक्रीदर १० रुपैयाँ ६० पैसा रहेको छ । चाइनिज यून १ को खरिददर १९ रुपैयाँ ३५ पैसा रहेको छ भने विक्रीदर १९ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३