काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले तीन तहका चुनावमा वर्तमान सत्ता गठबन्धनसँग चुनावी तालमेल हुनसक्ने बताएका छन् ।
बिहीबार वीरगञ्ज पुगेका प्रधानमन्त्री देउवाले स्थानीयदेखि केन्द्रसम्म तीन तहका चुनावमा तालमेलका लागि सत्तासाझेदार दलहरूभित्र छलफल हुने बताए । उनले गठबन्धनमा आबद्ध दलका नेताहरूको चित्त दुख्ने अभिव्यक्ति नदिन पनि कार्यकर्ताहरूलाई निर्देशन दिए ।
उनले कुनै न कुनै दलसँग कांग्रेसले सहकार्य गरेर जानुपर्ने पनि बताए । प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) तथा मधेसकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)हरूको सहयोगका कारण आफू प्रधानमन्त्री बनेको उल्लेख गरे ।
अर्को प्रसंगमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदान वापतको रकमले देश विकास र रोजगार बढाउने बताए । उनले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३