काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताएका छन् । अनेरास्ववियूले आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित भएको कांग्रेस अब १३ सिटमा झार्नु पर्ने बताए । यसका लागि तयारीमा लाग्न उनले कार्यकर्तालाई निर्देशन पनि दिए ।
कार्यक्रममा उनले जो व्यक्ति भत्ता खाइरहेको छ उसले कांग्रेसलाई भोट नदिने र जो व्यक्ति भत्ता खाने बेला हुन लागेको उनले पनि भोट नदिने दावी गरे । यस्तै कर्मचारीहरूको तलबभत्ता पनि आफ्नै पार्टी नेतृत्व सरकारले २५ प्रतिशत तलब बढाएको दावी पनि गरे । अब एमाले बाहेक अरु पार्टी सरकारमा गएर तलबभत्ता नबढ्ने आश्वासन पनि कर्मचारीलाई दिए । उनले युवाहरू पनि कांग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेको र एमालेलाई भोट दिने आशा गरे ।
उनले कार्यक्रममा एमाले देशको पहिलो पार्टी भएको पनि बताए । संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महोल पनि एमालेकै पक्षमा रहेको बताए । उनले देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादी केन्द्रसहितका अन्य पार्टीको भाँडो रित्तिसकेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३