सिन्ह्वा – ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव भेटिएको छ । शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ । यो समेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शब भेटिएको यहाँको एक रेडियो स्टेशनले जनाएको छ ।
यहाँको रेडियो सेम एफएमले शनिबार दिएको समाचारअनुसार यसअघि गत शुक्रबार ट्युनिसियाको सो समुद्री किनारामा १२ ओटा शव भेटिएको थियो र शनिबार थप ७ जनाको शव भेटिएको हो ।ट्युनिसियाको सो समुद्री किनारा युरोप जाने आप्रबासीहरुले प्रयोग गर्ने गरेको एक मुख्य नाका पनि हो ।
उनीहरु अवैध रुपमा युरोप प्रवेश गर्ने क्रममा सो क्षेत्रमा पुगेका र दुर्घटनामा परेका अनुमान गरिएको ट्युनिसियाली प्रहरीले जानकारी दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३