काठमाडौं – नेपालका लागि होण्डा ब्राण्डका जेनेरेटर तथा अन्य होण्डा पावर प्रोडक्टहरुको आधिकारिक वितरक स्याकार टे«डिङ्ग कम्पनी प्रा.लि. ले. होण्डा जेनेटर सहयोग गरेको छ ।
हिमाली क्षेत्रका बिकट ठाउँ जहाँ स्वास्थ्य सेवामा कम पहँुच वा पहुँच नै नभएको क्षेत्रमा स्वास्थ्य सेवा तथा हिमालय उद्धार कार्य गर्ने गैरसरकारी संस्था हिमालय उद्धार संघ नेपाललाई स्वास्थ्य उपकरणहरुको संचालनमा सहज होस भन्ने हेतुले उक्त जेनेरेटर सहयोग गरिएको हो ।
स्वास्थ्य उपकरणहरु अक्सिजन, भिडियो एक्सरे, तथा अन्य डायग्नोष्टिक उपकरणहरु संचालन गरी स्वास्थ्य शिबिर संचालन तथा उद्धार कार्यमा सहज होस् भत्रे हेतुले उक्त संस्थालाई ज्योति समुहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउण्डेशनका संचालक श्रीमती मिरा ज्योति र स्यकाकर टे«डिङ्ग कम्पनी प्रा.लि. का अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुह्ृद ज्योतिले एक कार्यक्रमको बीच उक्त संस्थालाई सहयोग स्वरुप होण्डा जेनेरेटर हस्तान्त्रण गरिएको थियो । यसरी सहयोग गर्न पाउदा खुशि लागेको बताउदै ज्योति फाउण्डेशनका संचालक श्रीमती मिरा ज्योतिले भविष्यमासमेत आवश्यक सहयोग गर्दै जाने प्रतिबध्ता व्यक्त गरिन् ।
यस ब्राण्डका जेनेरेटर तथा अन्य पावर प्रोडक्टहरु उच्च गुणस्तरीय, कम ईन्धन खपत, कम आवाज, न्यूनतम संचालन खर्च, वातावरण मैत्री र भरपर्दो मानिन्छ । यस सेगमेन्टमा होण्डा पावर प्रोडक्टसहरु नेपालको सर्वाधिक बिक्रि हुने पावर प्रोडक्टहरुमा पर्ने कम्पनीले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७