काठमाडौं – अमेरिकन डलरको भाउ लगातार उकालो लाग्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्ला दिनहरूमा डलरको भाउ उकालो लाग्न थालेको हो ।
गत सोमबार अमेरिकन १ डलरको खरिददर १२० रुपैयाँ ९८ पैसा र विक्रीदर १२१ रुपैयाँ ८० पैसा कायम भएको थियो । त्यसयता डलरकाले भाउ लगातार ३ दिन उकालो लागेको हो । बिहीबार (आज) १ डलरको खरिददर १२१ रुपैयाँ ७९ पैसा कायम भएको छ भने विक्रीदर १२२ रुपैयाँ ३९ पैसा कायम भएको छ । ३ दिनको अन्तरालमा १ डलरको खरिददर ८१ पैसा र विक्रीदर ५९ पैसा वृद्धि भएको हो ।
डलरको भाउ यसअघि फागुन २४ गते बढेर १२३ रुपैयाँ ४४ पैसासम्म पुगेको थियो ।
त्यस्तै युरोपियन युरो, युके पाउन्ड स्टलिङ पनि लगातार बढ्न थालेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३