आज विश्व नेवाः दिवस हरेक मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवाः दिवस’ का रूपमा मनाउने गरिन्छ । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । यसै गरि अन्तर्राष्ट्रिय विश्व नेवाः दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले यो दिवस मनाउँदै आचएको छ ।
नेवा: दिवस मनाउने सन्दर्भमा वर्ल्ड नेवा: अर्गनिजेशनका नेपाल च्याप्टरले मरुहिटीमा आयोजित कार्यक्रमका वक्ताहरूले नेवाः सभ्यता र संस्कृति नेपालको पहिचान भएकाले यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले सभ्यता र संस्कृति मासिए पहिचान हराउने भएकाले नेवाः परम्पराको जगेर्ना गर्नुपर्नेमा जोड दिए । यसबीच वर्ल्ड नेवा: अर्गनिजेशनले जूमबाट एक अन्तरक्रिया कार्यक्रम पनि गरेको छ जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ प्रमुख अथिति को रुपमा उपस्थिति थियो।
यो दिवस मनाउनुको मुख्य तात्पर्य नै विश्वभरका नेवारहरूलाई एक ठाउँमा ल्याई नेवार भाषा, संस्कृति र अधिकारका लागि आवाज उठाउने एउटा माध्यमका रूपमा विकास गर्नु हो । यो दिवस मनाउनुको अर्को उद्देश्य विशेष गरी प्रवासमा रहेका नेवार समुदायबिच सम्पर्क बिस्तार गर्ने डबलीको रूपमा विकास गर्नु हो ।
सांस्कृतिक रुपले निक्कै सम्पन्न मानिने नेवार समुदायको आफ्नौ भाषा र लिपि रहेको छ । विश्वका विभिन्न देशहरुमा जस्तै नेपालमा पनि आज नेवा: सँग सम्बन्धित सङ्घसङ्गठनले यो दिवस मनाउने गर्छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३