काठमाडौं – उदाय् समाजको उन्नाइसौ साधारण सभा र आठौ अधिवेशन चैत १२ गते शनिवारका दिनमा कसाः ख्यः दल्लु आवासमा भएको छ । उक्त कार्यक्रममा उदाय्हरुको राष्ट्रिय गान गाएर संचालन भएको उक्त कार्यक्रमको उदघाटन उदाय् समाजका अध्यक्ष डा. रुपज्योति कसाकारजुले पानसमा वत्ती बाली गर्नु भएको छ ।
उदाय् समाजका उपाध्यक्ष डा.प्रेमरत्न स्थापितले स्वागत मन्तव्य दिइ संचालन भएको उक्त कार्यक्रममा समाजका महासचिव राजु कुमार कंसाकारले वार्षिक प्रगति प्रतिवेदनप्रस्तुत गर्नुं भएको थियो । यसै गरी समाजका कोषाध्यक्ष प्रविनरत्न तुलाधरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त दुइ वटै प्रतिवेदनलाई साधारण सभामा उपस्थित हुनु भएका उदाय् समाजका बहुमत कवः प्रतिनिधिहरुले तालि बजाइ पारित गर्नु भयो ।
उक्त कार्यक्रममा उदाय् समाजका सल्लाहाकार एवं खलः पुचःका अध्यक्षजुहरु तेजरत्न ताम्राकार, दिपक रत्न स्थापित, ललितकाजी तुलाधर, उत्तमराज शिलाकार, पूर्णवीरसिंह कंसाकार, रमेश तुलाधर, आयुरत्न सिख्राकार, अमृतमानसिंह बनिया र उदाय् समाज महिला समूहका अध्यक्ष कीर्ति तुलाधरले आःआफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उदाय् समाजया सचिव रजनी ताम्राकारले संचालन गर्नु भएको यस कार्यक्रममा उदाय् हना, हपाः, सिरपा र छात्रवृति पनि वितरण गर्नु भएको थियो ।
जेष्ठ नागरिकहरुमा सम्मानीत हुने व्यत्तित्वहरुमा धर्मदेवी ताम्राकार, नन्दमाया सिख्राकार, जगदीश्वरमान स्थापित, जगत रत्न तुलाधर रहेका छन् । यसैगरी इन्जिनियर र डाक्टर क्षेत्रबाट सम्मानित हुने हरुमा इन्जिनियर यजु रत्न तुलाधर व डा.श्रृजा सिख्राकारलाई सम्मान पत्र प्रदान गरी सम्मान गरका थिए ।
यसै गरी उक्त साधारण सभामा नेपाल भाषा क्षेत्रमा उ्रत्कृष्ट योगदान दिनु हुने हितकर वीरसिंह कसाकारलाई नेपालभाषा साहित्य सम्मान, बुद्ध धर्म सम्वन्धि उत्कृष्ट योगदान दिने पञ्चवीरसिंह तुलाधर र लाभरत्न तुलाधरलाई बुद्ध धर्म सम्मानवाट सम्मानीत गरेका थिए । यसैगरी नेपाल भाषामा उत्कृष्ट योगदान दिनु हुने व्यत्तित्वहरुमा केशरमान ताम्राकार र दीपक रत्न तुलाधर दुवै जनालाई नेपाल भाषा सम्मानबाट सम्मानीत गरेका थिए ।
यसैगरी उक्त समाजको अधिवेशनमा समाजका अध्यक्ष डा.रुपज्योति कंसाकार नै फेरी अध्यक्षमा सर्व सम्मतबाट निर्वाचित भएका थिए ।यसंैगरी उदाय् समुदायका विभिन्न खलःपुचःबाट संस्थागत सदस्यको रुपमा डा. ज्ञानेन्द्र रत्न तुलाधर, सुमित्रा तुलाधर, विकास रत्न कसाः, रजनी ताम्राकार, डा. प्रेमरत्न स्थापित, प्रेमकाजी बनिया, ज्ञानराजा सिख्राकार, गौरी शोभा सिन्दुराकार, सुरेश शिलाकार, निलकमल सेलालिकहरु सर्वसम्मतबाट निर्वांचित भएका छन् । थसै गरी विधानको प्रावधान अनुसार स्वतन्त्र उम्मेदवार हुनेहरुमा दिव्यरत्न स्थापित, शोभालक्ष्मी तुलाधर, दिव्यलक्ष्मी कंसाकार र महिला उम्मेदवार हुनेहरुमा उत्पला तुलाधर, भवानी तुलाधर, सविता स्थापितहरु पनि सर्वसम्मतबाट निर्वाचित भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३