नाइजेरियाको आतंकवादी संगठन बोको हरामका बन्दुकधारीहरुले बोर्नो राज्यमा मलामी गएर घर फर्किरहेका २३ जनाको हत्या गरेका छन् ।
मैदुगुरी नजिक एक जना नातेदारको अन्तिम संस्कारमा सहभागी भएर फर्किरहेका एक पुरुषको समूहमाथि शनिबार मोटरसाइकलमा आएका आक्रमणकारीहरुले गोली चलाएका थिए’, स्थानीय मिलिशिया नेता बुनु बुकर मुस्तफाले भने ।
मुस्तफाले घटनास्थलबाट २३ जनाको शव प्राप्त भएको जानकारी दिएका छन् । बोको हरामका बन्दुकधारी समूहले पटक– पटक नागनजाई जिल्लामा आक्रमण गर्दै आइरहेका छन् । गएको सेप्टेम्बर महिनामा पनि स्थानीयले आफ्ना घरपालुवा जनावर दिन नमानेका कारण आठ जनाको हत्या गरेका थिए ।
बोको हराम र उसको इस्लामिक स्टेट अफ् इराक र लेवन्त समर्थित आईएसडब्ल्यूएपी स्प्लिन्टरले बितेका केही महिनामा नागरिक र सैन्य शिविरमा आक्रमण बढाएको छ । एजेन्सि
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३