काठमाडौं – धरानमा सम्पन्न सातौं अधिवेशनबाट नेवा: देय् दबूले नयाँ नेतृत्व पाएको छ । जसमा अध्यक्ष पदमा पवित्र बज्राचार्य विजयी भएका छन् । बुधबार विहान सम्पन्न भएको मतगणनामा बज्राचार्य ३१३ मत पाई अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माइलाबाबु द्यःलाले ६७ मत मात्र प्राप्त गरे ।
त्यसैगरी महिला उपाध्यक्षमा रश्मिला प्रजापतिले पनि विजय हासिल गरेकी छन् भने महासचिवमा सत्यनारायण डंगोल ,सचिव पदमा मचाबाबु महर्जन तथा कोषाध्यक्षमा निरन्जन रत्न शाक्य निर्विरोध रूपमा चुनिएका छन् । उपत्यका विशेष प्रदेशबाट उमेश स्थापित उपाध्यक्षमा चुनिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७