काठमाडौं – केही दिनयता स्थीर रहेको अमेरिकन डलरको भाउ मंगलबार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकन १ डलरको खरिददर १२० रुपैयाँ ५८ पैसा र विक्रीदर १२१ रुपैयाँ १८ पैसा कायम भएको छ । सोमबार खरिददर १२० रुपैयाँ ९७ पैसा र विक्रीदर १२१ रुपैयाँ ५७ पैसा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो र युके पाउण्ड स्टलिङको भाउ पनि घटेको छ । आज युरो १ को खरिददर १३२ रुपैयाँ ७५ पैसा र विक्रीदर १३३ रुपैयाँ ४१ पैसा कायम भएको छ । हिजो १ युरोको खरिददर १३३ रुपैयाँ ७३ पैसा र विक्रीदर १३४ रुपैयाँ ४० पैसा थियो ।
त्यसैगरी हिजो १ युके पाउण्ड स्टलिङको खरिददर १५८ रुपैयाँ ६४ पैसा र विक्रीदर १५९ रुपैयाँ ४३ पैसा कायम भएकोमा आज घटेर १ पाउण्ड स्टलिङको खरिददर १५८ रुपैयाँ १५ पैसा र विक्रीदर १५८ रुपैयाँ ९३ पैसा कायम भएको छ ।
आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ८३ पैसा र विक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ । चाइनिज युन १ को खरिददर १८ रुपैयाँ ९५ पैसा र विक्रीदर १९ रुपैयाँ शुन्य ४ पैसा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३