काठमाडौं – सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी आज टुंगो लगाउँदैछन् । आज अपरान्ह् ४ बजे बस्ने सत्ता गठबन्धनको उच्चस्तरीय बैठकबाट मोडालिटीको विषय टुंग्याइने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनमा आबद्ध नेताहरुले अपील गर्दै आएका छन् । यसअघि पनि गठबन्धनमा मोडालिटीबारे विभिन्न प्रस्तावमाथि छलफल हुँदै आएको छ । तर, नेताहरुबीच सहमति भने जुट्न सकिरहेको छैन । उक्त विषय टुंग्याउन आज बैठक बस्न लागेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३