अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार उनीहरुलाई विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार क्षेत्रीय अनुसन्धान केन्द्र तरहरा सुनसरीको बंङ्गुर अनुसन्धान इकाईका तत्कालीन इकाई प्रमुख हाल अवकाश प्राप्त रामदेव पण्डित, सोहि ठाउँका तत्कालीन क्षेत्रीय अनुसन्धान केन्द्रका निर्देशक कृष्णहरि श्रेष्ठ र लेखा एवं प्राविधिक अधिकृतसहित ७ जना विरुद्ध मुद्दा दायर भएको हो । उनीहरुले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आयोगको आरोप रहेको छ ।
त्यस्तै, श्री प्राथमिक विद्यालय नरसिंह ५ सुनसरीका पूर्व प्रधानाध्यापक सिद्धिनाथ लाल दाससहित ३ जना विरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुले सरकारी कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप–पत्रमा उल्लेख छ ।
त्यसैगरि, चन्दननाथ मावि जुम्लामा कार्यरत तत्कालीन शिक्षक कलानन्द माझी, केन्द्राध्यक्ष र परीक्षार्थीसहित ४ जना विरुद्ध पनि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको आयोगको आरोप रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३