काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित दुई जनालाई नियन्त्रणमा लिएको छ । आयोगले रौतहटको श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई तीन लाख घुससहित नियन्त्रणमा लिएको हो ।
प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग तीन लाख घुस माग गरिरहेको भन्ने सूचना आयोगमा परेको थियो । उक्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिई गएको टोलीले घुससहित नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार कुमार ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित यमुनामाई गाउँपालिका वडा नं. ४ सरुअठ्ठा स्थित चन्द्रनिगाहपुरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३