सशस्त्र प्रहरी बल १३ गणले ट्रकसहित ६२ लाखभन्दा बढी मूल्यको राजस्व छलिको सामान पक्राउ गरेको छ।
सशस्त्र प्रहरीले वीरगंजको गण्डक चोकबाट ६२ लाख ५६ हजार भन्दा बढी मूल्यको राजस्व छली भारतबाट नेपाल भित्र्याइएको अवैध सामान सहितको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गंणले विशेष सुचनाको आधारमा भारतबाट अवैध तरिकाले राजशव छलि गरि ल्याएको ट्रक वीरगंज हुदै काठमाडौ जाँदै गरेको अवस्थामा सामान बोकेको ट्रकलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम प्रहरी उपरीक्षक तेज पोखरेलले बताए ।
वीरगंजको गण्डकबाट पक्राउ गरेको ना ६ ख ४४७४ नम्बरको ट्रकबाट ४२ लाख ५६ हजार १ सय २९ रुपैयाँ बराबरको मोबिल, भारतीय कपडा र खुद्रा सामानहरु २० लाख बराबर जम्मा गरी ६२ लाख ५६ हजार १ सय २९ रुपैयाँ मूल्याङ्कन गरेर थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७