नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गलत थियो भनेर आइन्दा नबोल्न निर्देशन दिएका छन् ।
बिहीबार राजधानीमा एमालेको सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यसअघि कतिपय अवस्थामा बोलेको पाइएको भन्दै अब यस्तो नबोल्न निर्देशन दिएका हुन् ।
“यदाकदा प्रतिनिधिसभा विघटन त गलत नै थियो भनेर सल्लाहकार परिषद्का कमरेडहरूले बोल्नुभएको पाएको छु, अब आइन्दा प्रतिनिधिसभा विघटन गलत थियो भनेर नबोल्ल्नु होला,” ओलीले भने, “प्रतिनिधिसभा विघटन सही थियो र नै पार्टी अहिलेको अवस्थामा छ ।”
उनले संसद् विघटन नगरेको भए प्रचण्डका भाइ, भतिज, छोरी, ज्वाइँ, सालासालीलाई नियुक्त दिँदादिँदै पार्टी बदनाम हुने दाबी गरे । उनले त्यही विघटन र त्यसपछिका अडानले एमाले मुख्य पार्टीका रूपमा रहेको जिकिर पनि गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३