नेकपा एमालेले स्थानीय निकायको चुनावमा ललितपुर महानगरको उप-मेयरको उम्मेदवार पूर्व-माओवादीलाई उठाएको भन्दै पार्टी भित्रै असन्तुष्टी बढेको छ ।
नेकपा एमालेले मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई उठाएको छ भने उप-मेयरमा आस्था शाक्य ‘मञ्जली’ लाई अघि सारेको छ । यस अघिको स्थानीय निकायको चुनावमा नेकपा माओवादीबाट उप-मेयरको उम्मेदवारको रुपमा रहेकी मञ्जलीको मतदाता नामावलीमा ललितपुरबाट नाम नभेटिएपछि उम्मेदवारी दिन पाएकी थिइनन् । उनी माओवादी परित्याग गरी एमाले प्रवेश गरेका नेता टोप बहादुर रायमाझी निकटको रुपमा चिनिन्छिन् ।
पार्टीमा बसेर वर्षौं संघर्ष गरेका नेताहरुलाई बाइकट गरेर अनेकौं राजनीतिक स्वार्थ बोकेर हिजो मात्र पार्टी भित्रिएका मान्छेले टिकट पाँउदा कार्यकर्ताको मनोबल खस्किने नाम उल्लेख नगर्ने शर्तमा ललितपुर एमालेका एक नेताले बताए । यस्ता सम्बेदनशिल कुराहरुमा पार्टीले व्यवास्ता गर्दा कार्यकर्ताको मनोबल गिर्ने मात्र नभएर बिद्रोह पनि हुन सक्ने उनले बताए ।
गठबन्धनको तर्फबाट ललितपुर महानगरको मेयरमा नेपाली कांग्रेसले मेयर पाउने पक्का भएको छ भने उप-मेयरमा माओवादीको उम्मेदवार रहने पक्का भएको छ । नेकपा एमाले ललितपुरमा असन्तुष्टीको संख्या बढ्दा गठबन्धनलाई थप सहज हुने आंकलन गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३