सिन्धुपाल्चोकको जुगल गाउँपालिका कांग्रेस कमिटीका सहसचिव रविन्द्र पौडेलले आफूलाई एमालेले झुक्याएर पार्टी प्रवेश गराएको आरोप लगाएका छन् ।
शनिवार काठमाडौंको एक पार्टी प्यालेसमा एमाले नेता कार्याकर्ताले झुक्याएर खादा लगाई पार्टी प्रवेश गराएको हल्ला चलाएको पौडेलको भनाइ छ । सहसचिव पौडेलले एक विज्ञप्ति जारी गर्दै आफू कांग्रेसमै रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको उनको विज्ञप्तिमा लेखिएको छ, ‘नेकपा एमालेका कार्यकर्ता जम्मा भई नेपाली कांग्रेसको कार्यकर्तासमेतको मिलेमतोमा उनीहरुसहित मलाई खादा लगाई एमाले पार्टी प्रवेश गरेको भनी भ्रामक र अनैतिक कार्य गरेकोमा म खेद प्रकट गर्दै मेरो असहमति रहेको र एमाले जस्तो गलत र अराजक पार्टीमा म कदापी हुन्न र हुन सक्दिनँ ।’
वैशाख १० गते उनी जुगल गाउँपालिकाका जयबहादुर लामाको टोलीमा एमाले प्रवेश गरेका थिए । उनलाई एमाले नेता शेरबहादुर तामाङले स्वागत गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३