महालक्ष्मी नगरपालिकामा गठबन्धनको निर्णय प्रतिकुल रहने गरी नेकपा माओवादी केन्द्रबाट मेयरमा उम्मेदवारी परेको छ । मेयरमा माओवादीबाट शिव कट्टेलले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
महालक्ष्मीमा प्रमुखसहित नेकपा एसलाई दिने सहमती जुटेको थियो । कम्तीमा पार्टी विभाजन हुदा नेकपा एसको पक्षमा सनाखत गरेका पद नेकपा एसलाई नै उम्मेदवारी दिने निर्णय हुदाँहुँदै पनि माओवादीको उम्मेदवारी पनि परेकोलाई गम्भिरताका रुपमा लिइएको छ ।
विभिन्न चरणमा भएको गठबन्धनको बैठकमा कुरा नमिलेपछि उम्मेदवारको टुङ्गो लगाउने बारे प्रदेश स्तरलाई पठाइएको थियो । प्रदेशबाट पनि एकलौटी माओवादी र कांग्रेसको मात्र उम्मेदवार प्रस्ताव भएपछि सम्बन्धीत पार्टीका अध्यक्षहरुको बैठकले ललितपुरको हकमा सहमती भएसँगै केन्द्रको सहमती बमोजिम अगाडी बढ्न निर्देशन दिएको थियो ।
महालक्ष्मीका १, ४ र ७ नं वडाहरु एमालेको विभाजनका बखत नेकपा एसमा सनाखत गरेका वडाहरु पर्दछन् । आफ्नो सङ्गठन राम्रो रहेको भन्दै वडा ९ मा पनि नेकपा एसले दाबी गरेको छ । वडामा अध्यक्षको बहुमत हुनेगरी सहमती भएको छ ।
गठबन्धनको सहमती र निर्णय प्रतिकुल रहने गरी माओवादीबाट उम्मेदवारी मनोनयन गरिएको छ । नेकपा माओवादी महालक्ष्मीका मेयर उम्मेदवारलाई मनोनयन दर्ता नगर्न स्वयं पार्टीका अध्यक्ष प्रचण्डले निर्देशन दिएका थिए । यस विषयमा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि पटक पटक कुरा भएको र नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँ पनि सहमत भइसकेको नेकपा एसका स्थायी कमिटी सदस्य माधव पौडेलले बताए ।
माओवादी र कांग्रेसको मात्र गठबन्धनसहतिको उम्मेदवार प्रस्तुत भएपछि ललितपुर महानगरमा नेकपा एसका अध्यक्ष हरिकृष्ण थापा र उपाध्यक्ष उषा बज्राचार्यले मेयर र उपमेयरमा उम्मेदवारीको घोषणा गरेका थिए । तर गठबन्धनको निर्णय प्रतिकुल रहने बारे सचेत हुँदै उनीहरुले मनोनयन दर्ता गराएका थिएनन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३