२१ साउन, काठमाडौं – कृषि विकास बैंकले एक वर्षमा चार अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैयमासको वित्तीय विवरण सार्वजनिक गर्दै चार अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुद मूनाफा आर्जन गरेको बताएको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष १९.१७ प्रतिशतले मूनाफा बढाएको हो । अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको थियो ।
यसैगरी बैंकले ३ अर्ब ३१ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । वितरणयोग्य नाफा अल्लिो आर्थिक वर्षको तुलनामा ७.८२ प्रतिशतले बढेको हो ।
यो बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड रुपैयाँ माथि रहेको छ । नेपाल सरकारको सबैभन्दा धेरै लगानी रहेको कृषि विकास बेंकले कृषि क्षेत्रमा केन्द्रित भएर बढी लगानी गर्ने गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३