२३ साउन, काठमाडौं – सुनको मूल्य तोलामा ७० हजार रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले नेपाली बिहीबारका लागि तोकेको नयाँ मूल्य नेपाली सुन चाँदी व्यवसायको ईतिहासमै सबै भन्दा उच्च हो ।
अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ७० हजार कायम भएको छ यस्तै तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको तुलनामा पाँच सय रुपैयाँले बढेर ६९ हजार ७ सय पुगेको छ । चाँदी पनि अघिल्लो दिनको तुलनामा प्रतितोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको छ । अमेरिका र चीन ब्यापार, अमेरिका इरान बीच बढ्दो तनाब तथा अमेरिकी केन्द्रिय बैंकको ब्यजदर कटौती सुनको बजार प्रभावित पार्ने कारण भएको व्यवसायीहरु बताउँछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३