नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सत्ता गठबन्धनका उमेदवार विजयी भएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का उमेदवार टोकबहादुर वाइबा नगर प्रमुख बनेका छन् । उनले नौ हजार ४०६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार विदुरप्रसाद सापकोटाले आठ हजार ३५१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उपप्रमुखमा नेपाली कांग्रेसका उमेदवार विष्णुमणि नेपाल ११ हजार ३०५ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमाले उमेदवार सरिता ढकालले ६ हजार ९२४ मत ल्याइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३