नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्ष नेपाली काँग्रेसले जितेको छ । एमालेका बुटवल पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३५ मतान्तरले पछि पार्दै काँग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका हुन् । अघिल्लो पटक एमालेले जितेका वडा अहिले काँग्रेसले खोसेको हो ।
एमालेको गढको मानिएको उक्त वडामा ३ हजार ४३० मत खसेको थियो । यो वडामा बुटवलका पूर्व मेयर तथा एमाले नेता भोजप्रसाद श्रेष्ठको पनि घर छ । वडा सदस्यमा भने एमालेका सीता खनाल, सबिता विक, माओवादीका हरि ज्ञवाली र जनमुक्तिका तुलबहादुर थापा विजयी भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३