आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ । बिहीबार राति अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा भएको खेलमा नेपालले उक्त हार व्यहोरेको हो ।
सुरुमा ब्याटिङ गरेको ओमानले ५० ओभरमा २११ रन बनाएको थियो । जसमा उसले ८ विकेटको क्षति व्यहोरेको थियो । ओमान विरुद्ध जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभर नपुग्दै सबै विकेट गुमाउन पुग्यो । नेपालले ४९ ओभर ४ बल खेल्दा सबै विकेट गुमाएर १९८ रन मात्र बनाउन सकेको थियो ।
खेलमा नेपालका लागि करण केसीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ र सोमपाल कामीले १ विकेट लिए । उता ओमानका जीसान मक्सुद र खावर अलीले समान ३–३ विकेट लिए र बिलाल खानले २ विकेट लिएका थिए ।
लिगमा नेपाल १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा यथावत रहेको छ । अब शनिबारको खेल नेपालले अमेरिकासँग खेल्ने तय भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३