पूर्वप्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सेनाले नेपाली सेना समक्ष प्रस्ताव गरेको विवादित र आपत्तिजनक सम्झौता स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) को प्रस्तावित सम्झौताबारे स्थायी कमिटिको बैठकमा छलफल हुनुपर्ने बताएका छन् ।
मगलबार बसेकाे बैठकमा एसपीपीले गरेको प्रस्तावलाई नेपालले स्वीकार्ने हो भने नेपाल असंलग्न मुलुक नरहने, नेपालको एक चीन नीति उल्लंघन हुने, नेपाल अमेरिकी सेनाको चीन विरोधी अखडा बन्ने र क्रमशः नेपाल पनि युक्रेनको दिशामा जाने खतरा रहेको सम्मानित नेता खनालले बताए ।
उनले यो प्रस्तावलाई सम्पूर्ण जनताले, सबै राजनीतिक पार्टी र जन संगठनहरुले पनि गम्भीरतापूर्वक लिनु पर्ने र यस्ता प्रस्तावलाई सरकारले ठाडै अस्वीकार गर्नुपर्ने बताए ।
‘वास्तवमा एमसीसी अनुमोदन गर्ने बेलामा नेपाली जनतामा यो पास भयो भने नेपालमा अमेरिकी सेना मार्च गर्नेछन् भन्ने हल्ला थियो तर अहिले प्रकट रुपमा आएको यो प्रस्तावले त्यहि कुरालाई पुष्टि गर्न थालेको छ । हामी सबै होसियार बनौं, सचेत बनौँ र आफ्नो राष्ट्रको स्वतन्त्रतालाई बचाऔं’ खनालले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३