नेपाल राष्ट्र बैंकका अधिकारीहरु मौद्रिक नीतिको मस्यौदा तयार पार्न जुटेका छन् । सरकारले ल्याएको बजेट कार्यान्वयनमा सघाउने दायित्व बोकेको राष्ट्र बैंकलाई बजार मूल्य, अर्थतन्त्रको बाह्य क्षेत्र सूचक र वित्तीय क्षेत्रको संकटपूर्ण अवस्थाले सुरुमै झस्काएको छ ।
तथ्यांक केलाएर मौद्रिक नीति बनाउँदै गर्दा राष्ट्र बैंकका अधिकारीहरुले निष्कर्ष निकालेका छन्, मौद्रिक नीति विगतका दुई वर्षकोभन्दा बढी कसिलो हुनुपर्छ । यसलाई गभर्नर महाप्रसाद अधिकारीले अनुमोदन गरेपछि मौद्रिक नीतिको रुप लिन्छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको खुकुलो बजेटलाई सन्तुलित बनाउन पनि राष्ट्र बैंकको मौद्रिक नीति कसिलो बनाउनुपर्ने अवस्था छ । मौद्रिक नीति खुकुलो नबनाउन राष्ट्र बैंकमाथि निजी क्षेत्र र सरोकारवाला पक्षहरुको चर्को दबाब छ ।
यता, अर्थमन्त्री जनार्दन शर्माले ८ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न सघाउने मौद्रिक नीति ल्याउन गभर्नर अधिकारीलाई भेटेरै अनुरोध गरिसकेका छन् । ८ प्रतिशतको आर्थिक वृद्धिका लागि आवश्यक पर्ने बैंकिङ लगानी र तरलताको स्रोत भने अनिश्चित छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७