साउनदेखि पेट्रोलियम पदार्थको मूल्य अझ महगो हुने भएको छ । नेपाल आयल निगमले साउनदेखि पेट्रोलियम पदार्थ परल मूल्य र पूर्वाधार कर समेत थपिने भएपछि इन्धनको मूल्य अझै महंगो हुने भएको हो ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गर्दै निगम मासिक ४ अर्ब रुपैयाँ घाटामा गइरहेकाले अब पेट्रोलियम पदार्थमा उपलब्ध गराउँदै आएको छुट नदिने र आफूले तिरेको मूल्यमा उपभोक्तालाई बिक्री गर्ने बताएको छ ।
आगामी आबदेखि परल मूल्यमै बिक्री गरिने निगमका कार्यकारी निर्देशक उमेश थानीले बताएका छन । आइओसीसँग खरिद गरेको मूल्यमा कर थप गरी आउने लागत मूल्यमै इन्धन बिक्री गरिने र सरकारले पूर्वाधार करका लागि छुट्याएको कर बापतको रकम पनि साउनदेखि उठाउने बताए । निगमका अनुसार हाल पेट्रोलिमा प्रतिलिटर १३.५८ रुपैयाँ, डिजलमा १३.९५ रुपैयाँ र ग्याँसमा प्रतिसिलिण्डर ७१५ रुपैयाँ घाटा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३