नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी पाल्पा जिल्लामा म्याराथन दौड तथा वाकाथन आयोजना हुने भएको छ । १० स्थानिय तह तथा श्री गोरखदल पाल्पाको सयुक्त आयोजनामा शनिबारदेखि २१ की.मि. हाफ म्याराथन, ५ की.मी म्याराथन दौड तथा ३ की.मी वाकाथुन आयोजना हुने भएको छ ।
२१ किमी हाफ म्याराथन तानसेन स्थीत टुडिखेलबाट सुरु भई तानसेन परिक्रमा गर्दै भैरब स्थान पुगी पुन तानसेन टुडिखेल आई समाप्त हुने छ । जसको प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार क्रमशः ५० हजार ,३० हजार, १५ हजार र ५ हजार रहेको छ । २१ किमी हाफ म्याराथन खुल्ला प्रतियोगिता रहेको छ । यस प्रतियोगीतामा अहिलेसम्म २०० प्रतियोगीले नाम दर्ता गराइसकेको सेनानी मनेज डंगोलले जानकारी दिए ।
त्यस्तै ५ कि.मी दौड प्रतियोगिता कक्षा १२ सम्मका विद्यार्थीहरु बीच हुनेछ । यो दौड प्रतियोगिता बिहान ७ः४५ मा टुडिखेलबाट सूरु भई नारायण मन्दिर, मिसन हस्पीटल हुदै गोर्खेकोट पुगि सोही रुट भई टुडिखेलमा समाप्त हुने छ । जसको प्रथम दोस्रो तेस्रो र सान्त्वना पुरस्कार २० हजार ,१० हजार, ५ हजार र २ हजार रहेको छ ।
त्यस्तै वाकाथन ३ कि.मी प्रतियोगिता तानसेन टुंडिुखेलबाट सुरु भई तानसेन बजार परिक्रमा गरी पुन टुंडिुखेल आई समापन हुने र वाकाथन भने बिहान ८ बजे बाट हुने तय गरिएको पनि सेनानी डंगोलले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७