नेकपा (एकीकृत समाजवादी)की सांसद समीना हुसेनले पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हुसेनले पेट्रोलियम पद्धार्थको मूल्यबृद्धिका कारण श्रमिक र निम्न आय भएकाहरुले चुल्हो बाल्न नसक्ने अवस्था भएको बताइन् ।
उनले यस्तो स्थितिलाई ध्यान दिदैँ पेट्रोलियम पद्धार्थको मूल्य छिटोभन्दा छिटो घटाउन सरकारको ध्यानाकर्षण गराइन् । यसका साथै नेकपा (एकीकृत समाजवादी)की अर्की सांसद लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पद्धार्थको मूल्यबृद्धिको गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताइन् ।
उनले नागरिकता विधेयक र संघीय निजामती ऐन छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । नेकपा(एमाले)का सांसद लालप्रसाद साँवा लिम्बूले विद्यालयहरुमा आजसम्म पाठ्यपुस्तक पुग्न नसकेको बताए ।
उनले प्रथम त्रैमासिक परिक्षा आइसक्दा पनि पाठ्यपुस्तक नपाइएको बताए । उनले लाखौं विद्यार्थीहरुको भविष्य अन्यौलमा नपार्न सरकारलाई आग्रह गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३