सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अगाडि बढाउन केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार नै बढी जिम्मेवार भएको बताएका छन्। त्यसमा पनि तत्कालीन अवस्थामा रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हालेका ओली जिम्मेवार रहेको प्रचण्डको आरोप छ।
बिहीवार पार्टीबाट ललितपुर जिल्लाको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले सो राष्ट्रघाती प्रोग्राम ओली नेतृत्वको तत्कालीन सरकारले नै अघि बढाएको पत्र आफूले भेटेको जिकिरसमेत गरे।
‘केपी ओलीले नै त्यो राष्ट्रघात गरेको हो । म चुनौती दिन्छु भनेर मैले बोलेँ । तपाईहरुले सुन्नुभएको होला । दिउँसो त केपी गुटको मुख्य मान्छेमध्ये एकजनाले मैले गरेको कुरालाई खण्डन गर्दै ल प्रमाणित गरेर देखाउ भनेर सदनमा बोलेछन् । म पुगेको थिइनँ सदनमा । म जानुअघि नै बोलिसकेका रहेछन् । त्यसको तीन घण्टापछि त पत्रै फेला प¥यो ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७