नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले खुई तिहाइको सरकारलाई माछोमाछो भ्यागुतो बनाएको टिप्पणी गरेका छन् ।
६४औं संसद सेवा दिवसका अवसरमा पूर्वसांसद मञ्चले बिहीबार गरेको कार्यक्रममा खनालले ओलीले पटकपटक संसद विघटन गरेर जनमतको खिलाफमा उभिएको आरोप लगाए ।
खनालले संसद जनताको आवाज बोल्ने थलो भन्दै त्यसलाई आफूलाई झ्वाँक चलेका बेला विघट नगर्न नपाइने उल्लेख गरे । उनले अदालतबाट पुनस्र्थापित संसद पनि पटकपटक अवरोध गरेर चल्न नदिएकामा आपत्ति जनाए ।
खनालले भने, ‘दुई तिहाईको नेकपाको सरकार बनेपछि भूमिसुधार नीति लागू होला, कृषि क्रान्ति होला, उद्योगहरू स्थापना होला भन्दा माछोमाछो भ्यागुतो भयो’, उनले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३