अर्थमन्त्री जनार्दन शर्माबारे विवाद बढ्दै गएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
प्रचण्डले मंगलबार राति बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेका हुन् । शर्माबारे दुई नेताबीच भएको कुराकानीबारे केही बताइएको छैन ।
पूर्वस्थायी समिति सदस्यहरुको मंगलबार बिहान बसेको बैठकमा शर्माबारे विषय उठेपछि प्रचण्डले त्यसबारे प्रधानमन्त्री देउवा र सभामुख अग्नि सापकोटासँग कुरा गर्ने बताएका थिए ।
संसदमा बजेट पेश गर्नुभन्दा एक दिनअघि १४ जेठको राति बिचौलिया बोलाएर करका दर परिवर्तन गरेको भन्दै शर्माको राजीनमा माग हुँदै आएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हकअन्तर्गत १४ जेठको सीसीटिभी फुटेज माग गर्दा अर्थ मन्त्रालयले १३ दिनपछि सीसीटिभी फुटेज नरहने जवाफ दिएसँगै उक्र विषय थप पेचिलो बनेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३