पर्सा प्रहरीले ९० किलो लागू औषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यलय पर्सा र प्रदेश प्रहरी कार्यालय जनकपुरले विशेष सुचनाको आधारमा वीरगंज महानगरपालिका वडा नम्वर २८ बगहीवाट ९० किलो गाँजा बरामद गरेको हो ।
प्रहरीले भारतीय नम्बर युपी ७० बिके ९५५५ नम्बरको कारलाई रोकी चेक गर्दा कारमा लुकाई राखिएको ९० केजी गाँजासहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको युपी जिल्ला मऊका रबिकान्त भारती र भारतको बिहार जिल्ला बेतिया पश्चिमी चम्पारण तेलुवा वडा नम्बर १० का सन्तोष भारतीलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७