नेवाः जागरण मन्चले आयोजित एक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ मन्त्री पदमा नियुक्त भएकोमा सुभकामना दिदै खादा ओढाएर सम्मान गरेको छ।
जनकवि दुर्गालाल श्रेष्ठ ,मल्ल के.सुन्दर, पूर्व राज्यमन्त्री तीर्थराम डंगोललगायत उपस्थित रहेको उक्त कार्यक्रममा बिभिन ब्यक्तिहरुबाट पनि खादा लगाएर सम्मान गरिएको छ ।
सम्मान ग्रहण गरिसकेपछि आफु सधै सम्पदा संस्कृति नेवाः सरोकारको कामलाई उच्च प्राथमिकतामा राखेर जाने बचन मन्त्री श्रेष्ठले व्यक्त गरे ।
नेवाः जागरण मन्चको अध्यक्ष सुजिब बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा सम्पदा संस्कृति नेवाः सरोकार र संस्कृति पर्यटन तथा
नागरिक उड्डयन मन्त्रालयबाट हुनुपर्ने कामलाई लिएर मन्त्री श्रेष्ठ ज्ञापन पत्र हस्तातरण गरिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७