नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री अवधिभर झण्डै ५६ हजार मुद्धा मामिलासम्बन्धी हस्ताक्षर गरेको बताएका छन् ।
सोमबार सम्पादकहरुसँगको अन्र्तक्रियामा उनले प्रधानमन्त्री अवधिभर ५६ हजार मुद्धा मामिलामा हस्ताक्षर गरेर औँलामा ठेला नै उठेको बताए ।
उनले भने, ‘५, ७ जना वकिल प्रधानमन्त्री कार्यायलमा वकिल राखेको छ । बिहानदेखि बेलुकीसम्म त्यहिँ काममा लाग्या छ । प्रधानमन्त्री हुँदा ५५/५६ हजार सिग्नेचर मुद्धाको मामिला गर्नुपर्यो । यहाँनिर ठेला उठेको छ । कम्प्युटरले सिग्नेचर गर्दैन, टाइप गर्छ, आफैँले गर्नुपर्यो नि । सिग्नेचरमात्रै गर्दा पनि औँलामा ठेला उठेको छ ।’
संसद विघटन गर्दाको क्षणलाई सम्झिँदै अध्यक्ष ओलीले संसद् नगई सर्वाेच्च गएको विषयमा रोस प्रकट गरे । उनले भने, ‘प्रधानमन्त्रीसमेत यस्तो हालत बनाएपछि..। यो देश त कस्तो हो भने कहिले राष्ट्रपतिकहाँ पुग्छन् त कहिले सर्वाेच्च अदालत पुग्छन् । संसदमा आएर टाउँका गने भैगो नि त ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३