सरकार नेतृत्वकर्ता नेपाली काँग्रेसले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीबारे प्रतिनिधिसभामा गम्भीर प्रश्न उठाएको छ ।
एमाले अर्थ विभागमा सदस्य बसेको भन्दै बुधबारको संसद बैठकमा अधिकारीमाथि कारबाहीको माग उठेको छ । काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले अधिकारीले पटकपटक नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान थालेको भन्दै जनमानसमा आतंक मच्चाएको आरोप लगाए ।
अर्थतन्त्र सम्हाल्नुपर्ने भूमिकामा रहेका व्यक्तिले नै मुलुक श्रीलंकातिर जान लागेको भन्दै हिंड्नु आपत्तिजनक र गैरजिम्मेवार रहेको उनको भनाइ थियो । ‘एउटा देशको अर्थतन्त्र कमजोर हुँदा मित्र राष्ट्रले श्रीलंका हुन्छ, श्रीलंका हुन्छ भन्दा त्यो देशमा मानसम्मान हुन्छ वा हुन्न ?’, उनले प्रश्न गरे, ‘हाम्रो मित्रता कायम हुन्छ वा हुन्न ? ।
सांसद विकले मित्रराष्ट्र संकटमा परेका बेला उसलाई गिज्याउन नमिल्ने तर्क गरे । उनले जिम्मवार व्यक्तिहरुले नै नेपाल पनि श्रीलंका हुन्छ भन्ने अभिव्यक्ति बन्द गर्नुपर्ने बताए ।
सरकारको आर्थिक सल्लाहकार भएर गभर्नरले भएर सरकारलाई सहयोग गर्नुपर्नेमा सार्वजनिक मञ्चहरुबाट नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै टाट पल्टिन्छ भनेर आतंक फैलाएबापत कारबाही हुनुपर्ने माग राखे ।
गभर्नर अधिकारीले रियल स्टेट कारोबारीलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साही गर्ने, सेयर मार्केटमा लगानीहरुलाई हतोत्साहित गर्ने काम गरिरहेको भन्दै त्यो तत्काल बन्द गरिनुपर्नेमा जोड दिए । अन्यथा जनताले आवाज उठाउनुपर्ने र गभर्नरमाथि कारबाही गर्नुपर्ने बताए ।
विश्वकर्माले गर्भनर जस्तो जिम्मेवार व्यक्तिलाई यस्तो नबोल्न र नागरिकहलाई आतंकित नगराउन रुलिङ गर्न सभामुख अग्नि सापकोटासँग माग गरे । ‘भूकम्प गएको बेलामा सडकमा भूकम्प आयो भूकम्प आयो भन्दा नागरिकहरुलाई थुन्ने गरिएको थियो’, उनले भने, ‘ हिले गभर्नरले जनतालाई आतंकित पार्दा राज्य चुप लागेर बस्न मिल्दैन ।
मुलुकको जिम्मेवार व्यक्तिले आम नागरिक र व्यवसायीहरुलाई आतंकित गरिराखेका छन् । राज्यकै तर्फबाट जिम्मेवार व्यक्तिले आतंक मच्चाउन बन्द गर्नुपर्छ’, उनले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३