एमालेले एम अधिकारीको छद्म नामा पार्टीको अर्थ तथा योजना विभागमा रहेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई चोख्याउन नक्कली एम अधिकारी खडा गर्न खोजेको छ ।
विराटनगरका चार्टर एकाउण्टेन मनोज अधिकारीलाई एम अधिकारी बनाएर सार्वजनिक गर्ने एमाले प्रयास विफल भएको खुलासा भएको हो । एमालेले गभर्नर अधिकारीकै पत्राचारका आधारमा उनले भने जसरी नै एम अधिकारी भन्ने र महाप्रसाद अधिकारी भन्ने व्यक्ति फरक भएको दाबी गर्दै बिहीबार विज्ञप्ति जारी गरेको थियो ।
राष्ट्रबैंकको गभर्नरजस्तो संवेदनशील जिम्मेवारीमा रहेका व्यक्ति पार्टी कार्यकर्ता भएको सार्वजनिक भएसँगै उनलाई पद छाड्न चौतर्फी दबाब बढेको छ । एमालेले महाप्रसादलाई आफ्नो अर्थ विभागमा नभएको दाबी गरे पनि एम अधिकारी भन्ने व्यक्ति को हुन भन्ने पुष्टि गर्न सकेको छैन ।
मनोज अधिकारीलाई एम अधिकारी बनाएर सार्वजनिक गर्न एमाले नेताहरुले प्रस्ताव गरेका थिए । अधिकारीले आफूलाई एम अधिकारी बनिदिन प्रस्ताव आएको बताएका छन् ।
तर, उनी मोबाइलको स्वीच अफ गरी बेपत्ता भएपछि एमाले नेतृत्व थप दबाबमा परेको छ । मनोज स्थानीय निकायको निर्वाचनको पूर्वसन्ध्यामा एमाले प्रवेश गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३