एमाले उप–महासचिव प्रदीप ज्ञवालीले आर्थिक अवस्थाका कारण आफ्नो घरमा दुईथरी तरकारी पकाउने स्थिति नरहेको बताएका छन् ।
एमाले सम्वद्ध उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले सोमबार राजधानीमा गरेको कार्यक्रममा ज्ञवालीले मूल्यवृद्धिले सीमा नाघे पनि सरकारमा बसेकाहरुलाई चासो नभएको बताए । मूल्यवृद्धिका कारण सर्वसाधारणको चुल्हो बल्न समस्या रहेको उनको भनाइ थियो ।
‘दुईथरी तरकारी पकाउन सक्ने अवस्था मेरो चाहिं छैन’, उनले भने, ‘मन्त्री भएको मान्छे हुँ । साँसद पनि धेरै वर्षदेखि छु ।’ मन्त्री भइसकेको मानिसले घरमा एकथरी तरकारी पाक्ने छ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति रहेको बताए ।
ज्ञवालीले सरकारले कृत्रिम मूल्यवृद्धि गरेको आरोप लगाए । परमाशेदले बनेको वर्तमान गठबन्धन सरकार भ्रष्टाचारी, कालाबजारिया र कमिसनखोरको संरक्षणमा तल्लीन रहेको आरोप उनको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३