संसदीय छानबिन समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज रिस्टोर हुने सफ्टवेयर मगाएको छ। सिंहदरबारमा आइतबार बसेको बैठकमा प्राविधिक बोलाएर सफ्टवेयरमा भएका फुटेज हेर्न लागिएको समितिका एक सांसदले बताए।
तर आइतबार समितिको टोली अर्थ मन्त्रालय जाँदा प्राविधिकहरूले फुटेज नभएको जानकारी दिएका थिए।
अर्थका प्राविधिकलाई पटक पटक फुटेज माग्दा जवाफमा हामीसँग क्षमता छैन भन्नेबाहेक केही जवाफ दिएनन् त्यसैले हामीले सफ्टवेयर मगाएका हौं, छानबिन समितीका एक सदस्य ले भने ।
गृह मन्त्रालयको नियमावलीमा तीन महिनासम्म सिसिटिभी फुटेज राख्नुपर्ने प्रावधान छ ।तर अर्थमन्त्रालय ले १२ देखि १५ दिनभन्दा धेरै समयको फुटेज राख्ने क्षमता छैन भनेर समेत भनेका छ। तर हामिले यस्लाई अहिलेसम्म डिलिट गरिसके अथवा नदिएका हुन् भनेर हेर्दैछौं।
उनले भने समितिले शनिबारदेखि अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरू गरेको छ। यसैबीच तत्कालीन अर्थमन्त्री शर्माले २०७९र८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।
छानबिन समिती बनेसंगै शर्मा ले राजिनामा दीयका थिय ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७