काठमाडौंको थापाथलीस्थित पुलबाट एक महिलाले बागमती नदीमा हाम्फालेकी छन्।
शनिबार अपराह्न ४ बजे पुलबाट बागमती नदीमा एक महिलाले हाम्फालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार ती महिलाको उद्धार गरिएको छ। उनको उपचारको लागि वीर अस्पताल लगिएको छ।
उनको पहिचान खुलिसकेको छैन। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७