गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा कै दुई श्रीमती रहेका छन् । देशको कानूनले बर्जित गरेको बहुविवाह गरेका व्यक्ति नै कानून मन्त्री रहेको खुलेको हो ।
उनी पोखराका धनाड्यको रुपमा परिचित छन् । उनी मन्त्री बन्नुमा पनि ठूलै रकमको चलखेल भएको जानकारहरु बताउँछन् ।
कानून कै धज्जी उडाएर बहुविवाह गरेका व्यक्ति कानून मन्त्री भएको देख्दा पोखरावासी चकित परेका छन् । दुई श्रीमती नै एकै घरमा सँगै बस्ने गरेको स्थानीयहरु बताँउछन् ।
मुलुकी ऐनलाई विस्थापित गर्न बनेका देवानी र फौजदारी संहिता ऐनमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको छ।
नयाँ कानुनले बहुविवाह अपराध गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्मको जेल सजाय तोक्न सकिने प्रावधान राखेको छ। हालको कानुनले पनि बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागिरका लागि अयोग्य हुने स्पष्ट पारेको छ। बहुविवाहका सम्बन्धमा संहिताले गरेको कानुनी व्यवस्था अग्रगामी छन्।
अपराध संहिताले विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने, विवाहित पुरुष हो भन्ने जानीजानी महिलाले पनि त्यस्तो पुरुषसँग विवाह गर्न नहुने, यसरी विवाह गर्ने पुरुष वा महिलालाई एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने र त्यस्तो विवाह स्वतः बदर हुने कानुनी व्यवस्था गरेको छ। तर, पति वा पत्नीले अंशबन्डा गरी भिन्न भएमा त्यस्तो पति वा पत्नीले पुनः विवाह गर्न पाउने छुट दिएको छ।
बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागिरका लागि अयोग्य हुने स्पष्ट प्रावधान रहेकोमा गण्डकी प्रदेशले मन्त्री नै बनाइनुलाई कानूनको धज्जी उडाएको रुपमा लिइएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७