पेशागत महासंघ नेपालमा आवद्ध राष्ट्रिय घटक राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
सहकारी प्रशिक्षण केन्द्रको सभा हलमा आयोजित भेलाको प्रमुख अतिथी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर रहेका थिए भने विशेष अतिथी पेशागत महासंघ नेपालका संयोजक प्रेमल कुमार खनाल रहेका थिए ।
भेलाले नौ बुँदे घोषणा पत्र जारी गर्दै एक सय एक सदस्यीय केन्द्रिय समितिको गठन गरेको छ । भरत कुमार श्रेष्ठको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो । संघका महासचिव गंगा प्रसाद रिजालले सांगठानिक प्रस्तुत गरेका थिए ।
भेलाले संघको वरिष्ठ उपाध्यक्षमा धन बहादुर खत्री, उपाध्यक्षमा प्रशान्त जिसी र सीता दाहाल, महासचिवमा गंगा प्रसाद रिजाल, उप-महासचिवमा पि शर्मा र गोपाल सिंह, सचिवमा प्रदिप नेपाल र मनिशा लम्साल, कोषध्यक्षमा तुलसी राम थापालगायतलाई चयन गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७