माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँडमा कांग्रेसले बखेडा गरिरहे वाममोर्चा बनाएर चुनावमा जाने चेतावनी दिएका छन् ।
ललितपुरको धोबीघाटस्थित एक पार्टी प्यालेसमा माओवादी बागमती प्रदेशको विस्तारित बैठकलाई आइतबार सम्बोधन गर्दै उनले कांग्रेसको बखेडाका कारण सिट बाँडफाँट टुंगो लाग्न नसकेको बताए ।
सत्तारुढ गठबन्धनमा आवद्ध चार वामपन्थी शक्तिबीच छुट्टै गठबन्धन गरेर जाने प्रचण्डले बताएको एक केन्द्रीय सदस्यले बताए । यद्यपि काँग्रेससँगको गठबन्धन बाध्यात्मक परिस्थितिको उपज भएकाले तोड्ने पक्षमा नरहेको उनको भनाइ थियो ।
‘काँग्रेसले अति नै गरेछ भने चार वाम दलबीच मात्र गठबन्धन गरेर चुनावमा जान्छौं’, उनले भने, ‘काँग्रेसले धेरै भाउ खोजेका कारण सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन ।’
डा. बाबुराम भट्टराई र वामदेव गौतमले पनि माओवादीकै चिन्हबाट चुनाव लड्ने तयारी गरेकाले माओवादीको स्वीकार्यता बढेको प्रचण्डले बताए । उनले वामपन्थी दलमध्येको पहिलो दल बन्नबाट माओवादीलाई कसैले रोक्न नसक्ने ठोकुवासमेत गरे ।
स्थानीय निर्वाचनमा जस्तो अन्तर्घात भए सह्य नहुने चेतावनी पनि उनले दिए । ५० वटा स्थानीय तह आन्तरिक किचलोका कारण गुमेको प्रचण्डले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३